एसियाली खेलकुद आजदेखि
प्रकाशित मिति: शनिबार, आश्विन ०६, २०८० | ११:०५:५४
काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार)देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरू हुँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन्। उद्घाटन समारोहमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल पनि सहभागी हुनेछन्।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने भएका छन् भने ४० खेल समावेश गरिएका छन् । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो। यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ।
प्रकाशित मिति : शनिबार, आश्विन ०६, २०८० |
११:०५:५४
1541