मुगुको सदरमुकाम गमगढीमा आगलागी, ८ घर जलेर ध्वस्त
प्रकाशित मिति: शनिबार, आश्विन ०६, २०८० | ११:०९:१२
काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । त्यहाँ शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका हुन् । राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो कसरी लाग्यो भन्ने कुनै तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : शनिबार, आश्विन ०६, २०८० |
११:०९:१२
1299