ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी
प्रकाशित मिति: आइतबार, आश्विन ०७, २०८० | ९:२५:२९
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा खेलको ४५औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । यो जितपछि ६ खेलमा युनाइटेडको ९ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यसैगरी बर्नलीको भने यस सिजनमा यो चौथो हार हो । ५ खेलमा बर्नलीको एक अंक छ र लिगमा पुछारमा रहेको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन ०७, २०८० |
९:२५:२९
1277