कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा
प्रकाशित मिति: बुधबार, आश्विन १०, २०८० | १५:२७:१७
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १० गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : बुधबार, आश्विन १०, २०८० |
१५:२७:१७
2047