टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते
प्रकाशित मिति: बुधबार, आश्विन १०, २०८० | १५:३६:४६
धनगढी । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से.५.प.३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दुर्घटनामा परी चालक भजनी नगरपालिका–३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन १०, २०८० |
१५:३६:४६
1761