रोनाल्डोको गोलमा अल नासर विजयी
प्रकाशित मिति: शनिबार, आश्विन १३, २०८० | १३:१०:२८
काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई हराएको छ । शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए ।
त्यस्तै अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए । यो यस सिजनमा अल नासरको लगातार छैटौं जित हो । यो जितपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।
प्रकाशित मिति : शनिबार, आश्विन १३, २०८० |
१३:१०:२८
1893