पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०८० | १३:००:४९
दाङ। दाङमा बस दुर्घटना भएको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटना बिहान करिब ५ बजे भएको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले बतायाे । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जनाइएकाे छ ।
प्रकाशित मिति : सोमबार, आश्विन १५, २०८० |
१३:००:४९
1937