विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त
काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुँदै छ । यो खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार २स् १५ बजेदेखि शुरु हुने छ । यो दुवै देशका लागि यस विश्वकपको पहिलो खेल हो । दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ । विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।
अस्ट्रेलिया क्रिकेट विश्वकपमा सबैभन्दा बढी सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ ।अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । २०१९ को विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसैगरी भारतले १९८३ र २०११ गरी दुई पटक विश्वकपको उपाधि जितेको थियो भने गत विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।