वल्डकप क्रिकेट : भारतलाई अस्ट्रेलियाले दियो २०० रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०८० | १९:१८:०२
काठमाडौँ । एक दिवसीय वल्डकप क्रिकेटको ५ औँ खेलमा भारतले अस्ट्रेलियालाई सस्तैमा समेटेको छ । अस्ट्रेलियाले भारतलाई जम्मा दुई सय रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १९९ रन बनाएर अल आउट भयो ।अस्ट्रेलियाका लागि सबैभन्दा बढी रन स्टेभेन स्मितले ४६ रन बनाए । त्यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लुभुस्चनेले २७ बाहेक अन्यले उल्लेख्य रनको योगदान दिन सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलरहरू रविन्द्र जडेजाले ३, कुलदिप यादव र जसप्रित बुमराहले दुई, दुई विकेट लिए ।
प्रकाशित मिति : आइतबार, आश्विन २१, २०८० |
१९:१८:०२
4225