आज डलर साट्दै हुनुहुन्छ ?, यस्तो छ विनिमय दर
प्रकाशित मिति: शुक्रबार, आश्विन २६, २०८० | ११:००:०५
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (असोज २६ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ।
शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ १४ पैसा रहेको छ। यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २६, २०८० |
११:००:०५
2553