मनाङ एयरको हेलिकप्टर दुर्घटना
प्रकाशित मिति: शनिबार, आश्विन २७, २०८० | ९:०६:३४
काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको मनाङ एयर स्रोतले जनाएको छ ।
हेलिकप्टरमा पाइलट पिके सेढाई एक्लै थिए। पाइलट सेढाइ सुरक्षित रहेको स्रोतले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रकाशित मिति : शनिबार, आश्विन २७, २०८० |
९:०६:३४
1761