नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झर्यो
काठमाडौँ । सोमबार नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.३८, फ्लोट इण्डेक्स १.५८ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ ।
आज २८४ स्टकको शेयर कारोबार हुँदा ३४ स्टकको मात्र मूल्य बढेको छ। २४२ स्टकको मूल्य घटेको छ भने ८ स्टकको मूल्य स्थिर रहेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको शेयर कारोबार भएको बजारमा आज ६९ हजार ८३२ पटकको कारोबारमा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । बैंकको यस दिन ६ करोड २४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।