गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो
प्रकाशित मिति: शुक्रबार, कार्तिक ०३, २०८० | १९:३८:२२
इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ ।
जवाफी कारबाहीस्वरुप इजरायलले पनि हमास सक्रिय रहेको गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको नाकाबन्दीका कारण ठूलो मानवीय संकट र त्रासदी छ । यहाँ खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट देखिएको छ भने लाखौं मानिस गाजाबाट विस्थापित भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ०३, २०८० |
१९:३८:२२
2905