विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०८० | ११:११:३४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको छ। यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १५, २०८० |
११:११:३४
3477