अन्दोलनमा समर्थन गरेको भन्दै सांसद र वडा अध्यक्षहरुलाई कारबाही गर्न मेयरको माग
चितवन , १७ कार्तिक । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले बागमती प्रदेश सांसद जगन्नाथ थपलियासहित नेकपा एमालेका वडा अध्यक्षहरुलाई कारबाहीको माग गरेका छन् । राप्ती नगरपालिका वडा नम्बर ५ स्थित सिचाई नहर विभाग र इलाका हुलाक कार्यालय भण्डाराको जमिनमा वसोवास गर्नेहरुलाई हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो ।
नगरपालिकाले दिएको समयावधि विहिवार सकिएको र आज त्यहाँ स्थानियलाई आतंकति गर्ने गरि बजारमा नारा जुलुुस गरि उक्त जग्गामा बस्नेहरुसँग हातेमालो गर्दै लाठी बोकी बसेका अन्दोलकारीलाई बल पुग्ने गरि समर्थन गर्न बागमती प्रदेशका माननिय जगन्नाथ थपलिया सहित राप्ती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले गरेको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको नगर प्रमुख लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनमा सहभागी भई आन्दोलनलाई थप टेवा पुग्ने गरि सहयोग र उक्साहट गर्नेहरुलाई कानुन बमोजिम कारबाही गर्न नगर प्रमुख लामाले सम्बन्धित निकायलाई अपिल गरेका छन् ।