आज पनि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: मंगलबार, कार्तिक २१, २०८० | १२:४४:३२
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबार घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको भाउ पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २१, २०८० |
१२:४४:३२
2663