नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा
काठमाडौँ । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि बढेको छ । गत सोमबारदेखि उकालो लाग्न थालेको नेप्सेले बुधबार पनि सोही क्रमलाई निरन्तरता दियो ।बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.२१, फ्लोट इण्डेक्स ०.२७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ । नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार करिब १ अर्बको शेयर कारोबार भएको बजारमा आज २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।