मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरे
पोखरा । मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेपछि गोठ नै रित्तो गरेको हो ।
‘७७ वटा च्याङ्ग्रा गोठमै मरेका भने ३ वटा घाइते भएकाछन् । बाँच्ने अवस्था छैन, स्थानीय छिरिङ गुरुङले भने, ुसाह्रै ठुलो क्षति भयो । ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको रहेछ ,छ’ ।स्थानीय मिङ्मर गुरुङको ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङका प्रहरी प्रमुख भोज पाण्डेले बताए ।
गोठमा ८० वटा च्याङ्ग्रा थिए । सबैजसो क्षति भएको छ, राती नै चितुवा पसे पनि बिहान मात्रै थाहा भएको रहेछ उनले भने,। घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधि जाँदै छन् । हिउँचितुवाको आक्रमणले क्षति भएको यो सबैभन्दा ठुलो सङ्ख्या हो ।