खैरहनीमा खुल्ला रोड रेस प्रतियोगिता, गुरुङ्ग प्रथम
चितवन , २६ कार्तिक । खैरहनीमा प्रथम नगरस्तरिय खुल्ला ५ किलोमिटर रोड रेस प्रतियोगिता भएको छ । तिहारको अवसरमा खैरहनी नगरपालिकाको नगर खेलकुद विकास समिति र खैरहनी नगर एथलेटिक्स संघको आयोजनामा भएको प्रतियोगितामा ५३ जना सहभागी भएका थिए । प्रतियोगितामा खैरहनी १ का प्रेम गुरुङ्ग प्रथम भएका छन् । उनलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र उप प्रमुख कविता उप्रेतीले नगद तथा प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा खैरहनी १० का राजेश चौधरी द्धितिय र खैरहनी ११ का सुजित दराई तृतिय भए ।
प्रथम , द्धितिय र तृतियलाई हुनेलाई क्रमशै नगद ७ हजार , ५ हजार र ४ हजार प्रदान गरिएको छ । त्यस्तै खैरहनी १० का रिजन चौधरी चौथो स्थान हासिल गर्दै नगद २ हजार र खैरहनी १२ का समिर उप्रेती पाँचौं स्थान हासिल गर्दै नगद १ हजार र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै खैरहनी ३ का सविन वि.क छैठौं , खैरहनी ९ का युनिक चौधरी सातौं, खैरहनी १ का सुजन दराई आठौं, खैरहनी १० का किरण चौधरी नवौं र खैरहनी ६ का विकेश महतोले दशौं स्थान हासिल गरे । उनीहरु पाँचजनलाई नगद पाँच पाँच सय रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए ।
खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले खेलमा जित्नैपर्छ भन्ने सोच भन्दापनी खेलमा सहभागी हुनु महत्त्वपूर्ण रहेको बताइन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै खैरहनीका नगर प्रमुख विभिन्न विधाका खेल खेलाउने तयारी नगरपालिकाले गरिरहेको बताए । नगरपालिकाले भौतिक पुर्वाधार , शिक्षा , स्वास्थ्य र खेलकुदलाई महत्वको साथी अगाडी बढाएको बताए ।