वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन। २० वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन । माछापुच्छे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई निरन्तरता दिएका छन । कात्तिकको तुलनामा मंसिरमा व्याक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.३३१ प्रतिशतले घटेर ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५४६ प्रतिशतमा झरेको छ ।
कुन बैंकको मुद्दति निक्षेपको ब्याजदर कति ?
एभरेष्ट बैंकले मंसिरको लागि ०.२२ प्रतिशतले ब्याजदर घटाएर व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ८.९६ प्रतिशत र संस्थागततर्फ ६.९६ प्रतिशत, स्टान्डर्ड चाटर्ड बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८.९७ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन । नबिल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.२२ प्रतिशत र संस्थागततर्फ ७.२२ प्रतिशत बनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतितर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी नेपाल एसविआई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.०९७ प्रतिशतले घटाएर व्याक्तिगत मुद्दति तर्फ १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
हिमालय बैंकले निक्षेपको ब्याजदर घटाएको छ । यस बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइन, सिटिजन्स र एनएमबि बैंकले मुद्दति निक्षेपको ब्याजदर स्थिर नै राखेका छन । प्राइम कमर्सियल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १०.२५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ८.२५ प्रतिशत, कुमारी बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १०.०१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ८.०१ प्रतिशत, लक्ष्मी सनराइन बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन ।
त्यस्तै सिटिजन्स बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.९५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.९५ प्रतिशत, र एनएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.७६ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यी बैंकहरुले कात्तिकको दरलाई मंसिरमा पनि निरन्तरता दिएका छन । ग्लोबल आइएमई बैंक र कृषि विकास बैंकले मुद्दति निक्षेप तर्फको ब्याजदर घटाएका छन ।
ग्लाबेल आइएमई बैंकले व्यक्तिगत मुद्दतितर्फ अधिकतम ९.६ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.६ प्रतिशत र कृषि विकास बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ९.५१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माछापुच्छ बैंकले निक्षेपको ब्याजदर बढाएको छ। यस बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।