विश्वकप क्रिकेट : फाइनल उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | ८:१५:५७
काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन । विश्वकप क्रिकेटको उपाधिका लागि दुई देश भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने भएका छन । गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको हो ।
यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँग भिड्ने पक्का गरेको हो । प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्नको लागी दुवै टोलीले प्रयास गर्नेछन ।
प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
८:१५:५७
3895