अस्ट्रेलियाविरुद्ध भारतकाे चौथो विकेट पतन, विराट काेहली आउट
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | १६:४२:०१
काठमाडौं । एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चौथो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको हो । कोहली ६३ बलको सामना गरी ५४ रन बनाएर आउट भएका हुन । जारी खेलमा भारतले २८ दशमलव ४ ओभरमा १४८ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
१६:४२:०१
4643