सेयर बजारमा झिनो अंककाे वृद्धि, कारोबार रकम १ अर्बमाथी
प्रकाशित मिति: सोमबार, मंसिर ०४, २०८० | १६:५५:२६
काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १,८५३ दशमलव ४८ को विन्दुमा कायम भएको हो। सोमबार ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, उत्पादनमुलक एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र अन्य उपसूचक घटेका छन् ।
सोमबार १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०४, २०८० |
१६:५५:२६
3411