सेयर बजारमा दाेहाेराे अंकको गिरावट, कारोबार रकम ९५ करोडमा सिमित
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १६:१९:५२
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सामान्य अंकले बढेको शेयर बजार नेप्से परिसूचक आज २३ दशमलव ८२ को विन्दुमा झरेको हो । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । मंगलबार ३१ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१६:१९:५२
4225