मनहरीमा बाघको आक्रमणबाट राप्तीका एकजनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर ०८, २०८० | १४:२३:१४
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०८, २०८० |
१४:२३:१४
6711



















