सोमबार पाउण्डको भाउ अहिलेसम्मकै उच्च, कतीमा हुँदै छ आज खरिद बिक्री
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० | ११:२७:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड हाल सम्मकै उच्च रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैँया ५३ पैसा पुगेको छ ।
यस्तै, सोमबार युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ, भने अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैँया ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैँया ६० पैसा र बिक्री दर ९८ रुपैँया ०४ पैसा रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ११, २०८० |
११:२७:४४
2641