सेयर बजारमा १८ अंककाे गिरावट, काराेबार रकम १ अर्बमाथि
प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०८० | १७:३३:३१
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बिहिबार सेयर बजार १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा झरेको हो । आज २०१ वटा कम्पनीको शेयरभाउ घट्दा ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएका छन् ।
बिहिबार नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोनापुर मिरल्सको ८ कराड रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०८० |
१७:३३:३१
3785