सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० | १२:३५:३२
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मुल्य तोलाको एक लाख २० हजार २०० रुपैयाँ नै थियो । त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १७, २०८० |
१२:३५:३२
2377