चितवनमा बोरामा भेटिएका शवको भएन पहिचान, प्रहरीले सार्वजनिक गर्यो स्केच
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० | १७:४५:४०
चितवन । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गत मंसिर ६ गते भरतपुर-१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।
प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो । तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १७, २०८० |
१७:४५:४०
4951