एकैदिन २४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० | १५:३०:५९
काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सयले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँ प्रतितोला कायम भएको छ । साेमबार छापावाला सुन १ लाख २१ हजार ६०० र तेजावी सुन १ लाख २१ हजार रुपैयाँ प्रतितोला कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले सस्तिएको छ । मंगलबार चाँदी १ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १९, २०८० |
१५:३०:५९
4049












