बिहिवार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०८० | १३:२४:०२
काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । बुधवार तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रुपैयाँले बढेर तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०८० |
१३:२४:०२
3103