सेयर कारोबार पाँच महिनायताकै उच्च
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० | १७:५४:५१
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबार १११ अंकले बढेर सकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको सेयर बजारमा आज करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १,९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ । आइतबार ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यो कारोबार रकम पाँच महिनायताकै उच्च हो । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २५, २०८० |
१७:५४:५१
3015