अर्थतन्त्र सकारात्मक स्थितितर्फ अघि बढ्यो : अर्थमन्त्री
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० | १२:२७:२१
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,” उनले भने, “ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।”
अहिले पुँजीगत खर्च र राजस्व वृद्धिमा सुधार भइरहेको अर्थमन्त्री महतले बताए । सेयर बजारमा मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २७, २०८० |
१२:२७:२१
2377