झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम झन्डै ४ अर्ब
काठमाडौं । साताको चौथोदिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको हो ।बुधबार नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओरालो लागेका छन् । सामान्य बढेको बजारमा आज १३४ कम्पीको शेयरभाउ उकालो लागेको छ भने १०० वटाको घटेको छ । यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ । आज नेप्सेमा सूचीकृत २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७०.२७ रुपैयाँमा किनबेच भएका छन् ।
आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै बोटलर्स नेपाल (बालाजु)का शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ । आज मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रो, सानिमा डिबेन्चर र मानुषी लघुवित्तको भाउ पनि १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ ।