नक्कली भुटानी शरणार्थी प्रकरण : छुट्लान् त आज बालकृष्ण खाँण ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको पूनरावेदन निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ । यसअघि यही मंसिर १५ गते खाणको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीसहरु जनक पाण्डे र प्रकाश खरेलका बीचमा मत बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा खाणलाई रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने आादेश गरेका थिए । संयुक्त इजालसमा रहेका दुई न्यायाधीसकै बीचमा मत बाझिएपछि खाण रिहा हुने या थुनामै रहने भन्नेबारेमा तेस्रो न्यायाधीसकोमा मुद्दा पुगेको थियो ।
सोही आधारमा यो मुद्दाको पेशी आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुने गरी तोकिएको छ । दुई न्यायाधीसमा मत बाझिएमा तेस्रो न्यायाधीसकोमा मुद्दा पुगेर उनले दिने निर्णय निर्णायक हुने कानुनी ब्यवस्था छ । खाणका सवालमा अव न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेसीमा उनले दिने निर्णयका आधारमा खाणका सवालमा बुहमतको निर्णय हुनेछ ।
आजको सुनुवाइपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ । खाणलाई काठमाडौं जिल्ला अदालतले मुद्धाको किनारा नलागेसम्मका लागि पूर्पक्षमा थुनामा पठाउनु भन्ने निर्णय सुनाएको थियो । त्यही निर्णयका आधारमा उनी अहिले थुनामा छन् ।