टिभिएसको नयाँ मोडल ‘रोनिन’ खैरहनीमा सार्वजनिक
चितवन , १ पुष । टिभिएसको नयाँ मोडलको मोटरसाइकल बजारमा आएको छ । टिभिएसको रोनिन मोटरसाइकलको आज खैरहनीमा लन्चिङ गरिएको छ । खैरहनीको चैनपुर चोकमा रहेको टिभिएसको आधिकारिक विक्रेता जय भोले बाबा इन्जिनियरिङ एण्ड सेल्समा आज एक कार्यक्रमको बिच रोनिन सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले मोटरसाइकलको लन्चिङ गरेका हुन् । कार्यक्रममा जय भोले बाबा इन्जिनियरिङ एण्ड सेल्सका संचालक धनविर चौधरीले मोटरसाइकलको विशेषतामा बारेमा जानकारी दिएका थिए । २२५ सिसिको रोनिनले ४२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । नेपालको बाटो सुहाउदो आरामदायी मोटरसाइकलको रुपमा रोनिन बजारमा आएको जय भोले बाबा इन्जिनियरिङ एण्ड सेल्सका संचालक धनविर चौधरीले बताए ।
मोटरसाइकलमा टि आकारको एलइडि बत्ती , ४१ एम एमको सकर , एविएस सिस्टमको डिस्क ब्रेक , स्टार्ट गर्न अत्यन्तै सजिलो आइ स्मार्ट प्रविधि , कलर आइडी , मिस कल नोटिफिकेशन ,दिशा निर्देश गर्ने प्रविधि ,मौज्जात इन्धनले पार गर्ने दुरी लगायतको जानकारी दिने प्रविधि रहेको चौधरीले बताए । कम्पनीले उक्त मोटरसाइकलको बजार मुल्य ४ लाख ४९ हजार ९ सय कायम गरेको छ । लन्चिङकै अवसरमा खैरहनी ९ सिमलटाँडीका भिमार्जुन न्यौपानेले उक्त मोटरसाइकल खरिद समेत गरेका छन् ।