नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित
चितवन, २ पुष । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट बर्ष २०२४ को अध्यक्षमा पोखरेल निर्वाचित भएका हुन् । अध्यक्ष पदका अन्य तिनजना उम्मेदवारलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । अध्यक्षमा पोखरेलसहित रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकार निर्वाचनमा गएका थिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार , राजाराम गौतम, भिम बहादुर कुँवर र सन्दिप अग्रहरी निर्वाचित भएका छन् । कार्यकाररिणी पदको लागि नौ जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा अमर घिमिरे , सौरव श्रेष्ठ,राजन शर्मा पौडेल , सिता कुमारी भण्डारी , एलिना महर्जन , बहादुर तमाङ,स्वपना पौडेल भण्डारी , योगेश राजवंशी , धनश्याम चौधरी , नवराज उपाध्याय,गणेश सापकोटा र अचुत उप्रेती निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्षमा २२ जनाको उम्मेदवारी परेको थियो ।
महासचिवमा सरोज अधिकारी, कोषाध्यक्षमा खेमराज थाप र कानुनी सल्लाहकारमा नरेशचन्द्र ओझा मनोनित भएका छन् ।