साेमबार ताेलाकाे कतिमा किनबेच हुँदैछ सुन ?
प्रकाशित मिति: सोमबार, पौष ०२, २०८० | १२:४६:३०
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कायम भएको छ । आइतबार पनि सुन सोही मूल्यमा कायम रहेर सुन कारोबारमा आएको थियो । त्यसै गरी आइतबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ०२, २०८० |
१२:४६:३०
2663