सेयर बजारमा ३५ अंककाे वृद्धि, ७ अर्बकाे कारोबार
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । आज नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेर २,१४१ दशलमव ८७ को विन्दुमा कायम भएको छ । मंगलबार ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार पनि २१ सय विन्दु कायमै राखेको हो । बुधबार होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बोहक सबै बढेका छन् । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्बमाथिको शेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।