दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम ७ अर्ब
प्रकाशित मिति: आइतबार, पौष ०८, २०८० | १७:१५:०९
काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१ दशलमव ०३ अंकले घटेर २,०८८ को विन्दुमा झरेको हो । आइतबार ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँको शेयर कारोार भएको छ ।
आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख रुपैयाँ शेयर कारोबार भएको छ । यस्तै हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २१ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : आइतबार, पौष ०८, २०८० |
१७:१५:०९
2355