आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १२:४९:०६
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१२:४९:०६
3081