आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: आइतबार, पौष १५, २०८० | १२:२२:३९
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पौष १५, २०८० |
१२:२२:३९
4225












