रूस–युक्रेन युद्धमा स्याङ्जाका एक युवकको मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष १७, २०८० | १५:३४:३७
काठमाडौं । रुस–युद्धमा थप एक नेपाली युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका हुन् । यद्यपि परराष्ट्र मन्त्रालयले भने यसको जानकारी दिइसकेको छैन ।
वडाध्यक्ष कुवँरका अनुसार अर्यालय नोभेम्बर २९ देखि बेपत्ता थिए । त्यसबेलादेखि नै उनको मृत्यु भएको हुन सक्ने आशंका गाउँलेले गरेका थिए। तर उनको नोभेम्बर २९ मै मृत्यु भइसकेको खबर अहिले आएको हो । अर्याल यसअघि नेपाली सेनामा कार्यरत थिए । उनी सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर दुबई हुँदै रुस गएका थिए ।
प्रकाशित मिति : मंगलबार, पौष १७, २०८० |
१५:३४:३७
4137