यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ८८ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ५९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ९१ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ०८ पैसा छ । सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ११ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ५६ पैसा छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६९ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६४ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ । मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ ।