खैरहनीको नगर स्तरीय भलिवल प्रतियोगितामा वडा नम्बर १३ र ४ विजयी
प्रकाशित मिति: शनिबार, पौष २१, २०८० | १९:३३:०६
चितवन , २१ पुष । खैरहनीमा भएको नगर स्तरीय भलिवल प्रतियोगितामा वडा नम्बर १३ विजयी भएको छ । खैरहनी नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजना तथा नगर भलिवल संघको समन्वयमा भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर १३ विजयी भएको हो । वडा नम्बर १३ ले २५–२२ , २२–२५ र २५–२० को सेटमा वडा नम्बर ९ लाई पराजित गरेको हो । त्यस्तै महिलातर्फको खेलमा वडा नम्बर ४ विजयी भएको छ । वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ विजयी भएको छ ।
वडा नम्बर ९ लाई १४–२५, २८–२६ र २५–१७ को सेटमा पराजित गर्दै वडा नम्बर ४ विजयी भएको हो । पुरुषतर्फको सेमिफाइनल खेलमा वडा नम्बर १२ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर ९ फाइनल प्रवेश गरेको थियो । महिलातर्फको खेलमा वडा नम्बर १३ लाई पराजित गर्दै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ९ फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा प्रथम भएका दुवै टोलीलाई नगद १२ हजार , ट्रफी र मेडल प्रदान गरिएको छ ।
त्यस्तै द्धितिय भएका समूहलाई नगद १० हजार , ट्रफी र मेडल प्रदान गरिएको नगर भलिवल संघका अध्यक्ष रामानन्द चौधरीले जानकारी दिए । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले विजेता समुहलाई पुरस्कार वितरण गरेका थिए । दुईदिनसम्म संचालन भएको प्रतियोगितामा खैरहनीका ९ वटा वडाको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शशि कुमार खनियाँले यो प्रतियोगिता कुनै वडाले जित्ने कुनै हारेको भन्दा पनि नगरमा खेलाडी उत्पादन गर्ने अभियान भएको बताए । आज दुई प्रतिस्पर्धी टिममा खेलेका खेलाडी अब एउटै टिममा रहेर नगरपालिकाको प्रतिनिधित्व गर्दै खेल्नुपर्ने बताए ।
नगर प्रमुख खनियाँले खेलाडीको वृत्तिविकासको लागि नगरपालिकाले विभिन्न खेलकुदका गतिविधि संचालन गरेको भन्दै युवाहरु लागुऔषध दुव्र्यसनीमा होइन खेलकुदको माध्यमबाट विकासको मूल प्रभावमा जोडिन आग्रह गरे ।
प्रकाशित मिति : शनिबार, पौष २१, २०८० |
१९:३३:०६
3895