निलगिरी बचतको साधारणसभा,विभिन्न विधामा ४४ जना सम्मानित
चितवन , २१ पौष । निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधामा ४४ जनालाई सम्मान गरेको छ । संस्थाले ४ जना जेष्ठ नागरिक शेयर सदस्य , ३ जना उत्कृष्ट कर्मचारी , एकल महिला सदस्य ५ जना र एसइइमा उत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ जना छात्रालाई नगद सहित सम्मान गरेको सम्मान गरेको संस्थाकी अध्यक्ष सुनिता लामाले जानकारी दिइन् । त्यस्तै असल सदस्य १ जना , उत्कृष्ट बचत ३ जना , असर ऋणी ३ जनालाई सम्मान गरेको छ । संस्थाले २३ जना बाल बचतकर्तालाई सम्मानको साथै स्टेशनरी समेत वितरण गरेको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता लामाले अध्यक्षको प्रतिवेदन, सचिव कर्म ओङ्गेल रुम्बा लामाले सचिवको प्रतिवेदनको साथै प्रस्तावित कार्य योजना ,कोषाध्यक्ष पवित्रा पुनले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति सदस्य मायादेवी लामाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७९÷८० मा ८ लाख १४ हजार रुपैयाँ बचत गरेको कोषाध्यक्ष पवित्रा पुनले जानकारी दिइन् । साधारणसभामा पेश भएका प्रतिवेदनहरु सर्वसम्मतले पारित भएका छन् । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले विभिन्न विधालाई समेटेर सम्मान गरेकोमा खुसी व्यक्त गरे । उनले सहकारी आन्दोलनले नै निमुखा गरिवहरुको हित गरेको बताए । धनिहरुको लागि ठूला बैंक भएपनि गरिव , निम्न वर्गियको लागि सहकारीले धेरै टेवा पुगेको उनले बताए ।
संस्थाकी अध्यक्ष सुनिता लामाको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण व्यवसाय संघ पूर्वीचितवनको अध्यक्ष यम बहादुर श्रेष्ठ , ग्रामिण उत्थान बचत तथा ऋण संस्थाका अध्यक्ष बालकृष्ण उप्रेती , राष्ट्रिय सहकारी बैंक टाँडी शाखाका प्रमुख नरेश कामति, संस्थाका वरिष्ठ सल्लाहकार हरि पुन लगायतले मन्तव्य राखेका थिए ।