विदेशी मुद्राको विनिमय दर : आइतबार कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ०४ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७२ पैसा छ । सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६४ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।