बिहिवार अमेरिकी डलर र बेलायती पाउन्डको भाउ घट्यो
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको विनिमय दर हेर्दा अमेरिकी डलर र बेलायती पाउन्डको भाउ थोरै घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा तोकिएको छ । बुधबार अमेरिकी १ डलरको कारोबार १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा थियो । त्यस्तै हिजो बेलायती १ पाउण्डको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेकाे थियो, भने आजबेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको छ । त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६३ पैसा तोकिएको छ । त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ ।