झिनो अंकले घट्यो सेयर बजार, काराेबार रकम ४ अर्बमाथि
प्रकाशित मिति: बिहिबार, पौष २६, २०८० | १८:२४:१०
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । बिहीबार १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ । यस्तै पुनर्बीमा कम्पनीको प्रोमोटर शेयर १९ करोड ६० लाखको कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष २६, २०८० |
१८:२४:१०
2509