दाङ दुर्घटना : प्रधानमन्त्रीद्वारा घाइतेको प्रभावकारी उपचार गर्न निर्देशन
प्रकाशित मिति: शनिबार, पौष २८, २०८० | १२:५१:१७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति : शनिबार, पौष २८, २०८० |
१२:५१:१७
2905